एजेन्सी- चीनको हुबेईमा बुधबार कोरोना भाइरसबाट मृत्यु हुने र संक्रमितको संख्या ह्वात्तै बढेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बिहीबार बिहान जनाएअनुसार बुधबार मात्रै हुबेईमा कम्तीमा २४२ जनाको मृत्यु भएको छ । गत डिसेम्बरमा संक्रमण देखिएयता मृत्युहुनेको यो सबैभन्दा ठूलो संख्या हो । योसंख्या मंगलबारको भन्दा दोब्बर हो । मंगलबार ९४ जनाको मृत्यु भएको थियो ।


ADVERTISEMENT


त्यस्तै मंगलबारभन्दा बुधबार संक्रमित हुनेको संख्या करिब१० गुणाले बढेको छ । बुधबार थप १४ हजार ८ सय ४० मा कोरोना भाइरसको संक्रमण देखिएकोस्वास्थ्य आयोगले जनाएको छ । बुधबारदेखि चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिरामीको अवस्था निर्धारणको मापदण्डमा परिवर्तन गरेकाले एकैदिन संक्रमितको संख्या बढेको हो । उपचार छिटो होस् भनेर प्रारम्भिक स्वास्थ्य परीक्षण गरिएकालाई पनि संक्रमितको सूचीमा राखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


हुबेईमा मात्रै संक्रमितको संख्या ४८ हजार नाघेको छ ।हुबेईमा ३३ हजार ६ सय ९३ जना अस्पताल भर्ना भएको र तीमध्ये एक हजार ४ सय ३७जनाको अवस्था गम्भीर रहेको चिनियाँ अधिकारीले जानकारी दिएका छन् ।

हुबेईसहित चीनका विभिन्न प्रान्तमा गरी ५९ हजारभन्दा बढीसंक्रमित छन् भने विश्वका दुई दर्जनभन्दाबढी मुलुकमा ५ सयभन्दा बढी संक्रमित छन् ।

त्यस्तै करिब ६ हजार जना उपचारपछि निको भएको चिनियाँराष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ ।मृत्यु हुने एक हजार तीन सय ६३ मध्ये चीनबाहिर फिलिपिन्स रहङकङका एक–एक जना छन् ।

यसैबीच ‘कोभिड–१९’ कोसंक्रमण रोक्ने उपायबारे छलफल गर्न स्विट्जरल्यान्डको जेनेभामा विश्वकावैज्ञानिकहरू जम्मा भएका छन् । विश्व स्वास्थ संगठनका प्रमुख घेब्रेयसुसले ‘यथेष्ठ स्रोतसाधनपरिचालन गर्न सके भाइरसको संक्रमण थप फैलनबाट रोक्न सकिने’ बताएका छन् ।