रुकुम पश्‍चिम — जिल्ला सदरमुकाम खलंगाको मुख्य बजारका पसलमा आगलागी भएको छ । मुसीकोट नगरपालिका–१, खलंगाको जिप्रका लाइनका तीन पसलमा आगलागीबाट पूर्ण रुपमा क्षति पुगेको हाे । बुधबार राति पौने ११ बजे सुरु भएको आगलागी बिहीबार बिहान २ बजे मात्रै नियन्त्रणमा आएको थियो ।


ADVERTISEMENT


लक्ष्मी पुनको घरमा रहेका साइकुमारी स्टेसनरी, आमा कपडा पसल र वीरबहादुर रावलको घरमा रहेको हिमालय फेन्सी पसलमा आगलागी भएको छ। आमा कपडा पसलबाट आगो सुरु भएको बताइएको छ। आगलागीबाट तीन वटै पसलको सम्पूर्ण सामग्री जलेको छ भने घरमा समेत क्षति पुगेको छ। आगो किन र कसरी लाग्यो भन्ने केही खुलेको छैन।


ADVERTISEMENT

# # #


प्रहरीले तीन पसलमा भएको आगलागीबाट करिब ४० लाख क्षति भएको जनाएको छ। जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीका अनुसार प्रारम्भिक अनुसन्धानबाट ४० लाख बराबरको क्षति भएको र विस्तृत विवरण आउँन बाँकी छ।