काठमाडौँ – सिभिल बैंकले आज बाराको कलैयामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।


ADVERTISEMENT


बिहीबार एक कार्यक्रमकाबीच सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्ल तथा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले संयुक्त रुपमा सिभिल बैंक लिमिटेडको कलैया शाखाको समुद्घाटन गरे। सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री सिद्धेश्वर संस्कृत माध्यामिक विद्यालयलाई सि।सि।टि।भि।क्यामेरा प्रदान गरियो ।


ADVERTISEMENT

# # #


कलैया शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा कलैया उप–महानगरपालिकाका मेयर राजेश राय यादवले देशमा वित्तिय क्रान्तिको आवश्यकता रहेकोले आफ्नो नगरवासीलाई वित्तिय क्रान्तिमा लाग्न सुझाब दिए । उनले आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिन आग्रह गरे ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले गढि़माइ जस्तो पवित्र धार्मिक स्थल तथा देशको खाद्यान्नको प्रमुख उत्पादन हुने बारा जिल्लाको कलैयामा प्रशस्त अवसरहरु आफुले देखेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सम्पूर्ण बैंकिंगसेवा तथा सुविधाहरु प्रदान गर्ने बताए ।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका संचालक समितिका सदस्य युगेश बहादुर मल्लले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए।