काठमाडौँ – सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुन्धान आयोगलाई कारण देखाउ आदेश जारी गरेको छ ।


ADVERTISEMENT


शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र माधवकुमार नेपालविरुद्ध किन मुद्दा चलाइएन भन्ने प्रश्न गर्दै कारण देखाउ आदेश दिएको हो । अख्तियारलाई उक्त प्रश्नको १५ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चले आदेश दिएको छ ।


ADVERTISEMENT

# # #


वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई अख्तियारले उन्मुक्ति दिएकाले पुनः मुद्दा चलाउन आदेश दिनुपर्ने माग गर्दै बुधबार रिट दायर गरेका थिए। इजलासले रिट निवेदनको प्रतिलिपि राखेर विपक्षीको नाममा सूचना म्याद जारी गर्न आदेश दिएको छ।

गत माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा तत्कालीन मन्त्री विजयकुमार गच्छदारसहित १ सय ७५जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, तत्कालीन अवस्थामा सरकारको नेतृत्व गरेका डा. भट्टराई र नेपालविरुद्ध किन मुद्दा चलाइएन भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले विरोध गर्दै आएको छ ।

राजनीतिक प्रतिशोधका आधारमा कसैविरुद्ध मुद्दा लगाउने र कसैलाई छाड्ने भन्दै कांग्रेसले अख्तियार सरकराको छायाँ बनेको दाबीसहित लगातार चारदिनसम्म संसद अवरुद्ध गरेको थियो ।