चीनको हुबेई प्रान्तबाट १७५ जना नेपाल घर फर्किएका छन् । कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेका उनीहरूलाई नेपाल वायु सेवा निगमको वाइडबडी विमानबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा १७० जना विद्यार्थी, एक जना कामदार र पर्यटक तथा बालबालिका दुई–दुई जना छन् ।


ADVERTISEMENT


नेपालीको उद्धारका लागि गएको नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी विमान करिब १० बजे (नेपाली समय राति करिब ८ बजे) वुहानको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। नेपाली समयअनुसार करिब १० बजे उडेको विमान विहान ४ बजे त्रिभुवन विमानस्थलमा उत्रिएको हो ।


ADVERTISEMENT

# # #


कोरोना भाइरस रोग २०१९ ९कोभिड १९० को संक्रमण चीनभर र अन्य दुई दर्जन मुलुकमा फैलिएपछि हुबेईमा रहेका १८५ जना नेपालीले घर फर्कन बेइजिङस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। तीमध्ये चार जनाले उतै बस्ने निर्णय गरेको दूतावासले जनाएको छ। अरू छ जना फर्कन पाएनन्। दूतावासका अनुसार चार जना ज्वरो देखिएकाले र दुई जना उनीहरूको परिवारका सदस्य हुनाले उड्न नपाएका हुन्। घर फर्कने टोलीमा १३४ पुरुष र ४१ महिला छन्।

चिनियाँ समयअनुसार शनिबार बिहान हुबेई प्रान्तका विभिन्न सहरबाट वुहानको तियानहे अन्तर्राष्ट्रिय विमानस्थलसम्म नेपालीलाई ल्याउन नेपाली दूतावासले पाँचवटा बसको प्रबन्ध गरेको थियो। हुबेईको चिङचौ, यान्स, सियान, यिछाङ, चिंमन र वुहानबाट विमानस्थलका लागि समय मिलाएर बसहरू छुटेका थिए। उद्धारको पर्खाइमा रहेका नेपाली सुरुमा बसमा सवार हुँदा तथा दुई घण्टाको अन्तरालमा विभिन्न रिफ्रेसमेन्ट सेन्टरमा रोकिँदा स्वास्थ्य जाँच गरिएको थियो।