काठमाडौँ – केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रा. लि.ले नोकियाको १०० जी अप्टिकल नेटवर्कको कार्य विस्तार गरेको छ । समयको माग र ग्राहकको स्तरीय सन्तुष्टीको निम्ति सुबिसुले अत्याधुनिक सेवाको सुरुवात गरेको हो ।


ADVERTISEMENT


यसबाट उपभोक्ताले आफ्नो ब्याटिविथ १ जीबी प्रतिसेकेण्डसम्म विस्तार गर्न सक्नेछन् । यसको थालनी सँगै उपभोक्ताले उच्च गतिको इन्टरनेट र आई डेपिनिसन इन्टरनेट प्रोटोकल (आइपीटीभी) को सेवा लिन सक्नेछन् ।


ADVERTISEMENT

# # #


नेपाल सरकारको ‘डिजिटल नेपाल’लाई लक्षित गर्दै सुरु गरिएको यस विस्तारले सम्पूर्ण देशलाई नै सामाजिक एवम् आर्थिक विकास तिर अग्रसर हुन टेवा पुर्याउने विश्वास लिइएको छ ।

सुबिसुले देशको ११ वटा स्थानमा नोकियाको १८३० फोटोनिक सर्भिस स्वीच (पीएसएस) डेन्स वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिङ्ग (डीडब्ल्यूडीएम) तैनाथ गराइ सकिए जनाएको छ । यसबाट ग्राहकको बदलिँदो मागलाई पुर्ती गर्नु सँगैसँगै सुविसुले १०० जी सेवा प्रदान गर्न सक्नेछ । नोकियाका बिनिस बावाले यसबाट नेपालका ग्राहक एवं व्यवसाय सबैले फाइदा लिन सक्ने र नेपालको संचार प्रबिधिको क्षेत्रमा यो महत्तवपुर्ण कदम रहेको बताएका छन् ।

आफ्ना ग्राहकलाई उच्च स्तरीय सेवा प्रदान गर्ने उद्देश्य लिएको सुविसुले यस कदमबाट सम्पूर्ण ग्राहक एवं व्यावसायले राम्रो प्रतिफूल प्राप्त गर्ने विश्वास लिइएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनय मोहन साउँदले यसको थालनी सँगै ग्राहकको बदलिँदो मागलाई सजिलै सँग पूरा गर्न सकिने र आगामी दिनहरुमा पनि सेवा बिस्तारमा कुनै समस्या नआउने उल्लेख गराएका छन् ।