काठमाडौं – वैदेशिक रोजगारका लागि टर्की र ग्रीस पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा एक पक्राउ परेका छन् ।


ADVERTISEMENT


पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका-६ बुधबारे घर भई काठमाडौं महानगरपालिका–६ चुच्चेपाटी बस्ने ५२ वर्षीय कमल प्रसाद पोखरेल रहेका छन् । उनलाई प्रहरीले काठमाडौं महानगरपालिका-१२ टेकुबाट बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार पोखरेलले वैदेशिक रोजगारको सिलसिलामा टर्की र ग्रीसको वर्किङ भिषामा आकर्षक तलव हुन्छ भनि प्रलोभनमा पारी विभिन्न मितिहरुमा ३२ जनासँग नगद ३९ लाख ५६ हजार रुपैयाँ लिई फरार भए भएका थिए ।

पोखरेललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।