काठमाडौँ – नेपाल पत्रकार महासङ्घले हाम्रा कुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीको सुरक्षामा ध्यान दिन सरकारसँग माग गरेको छ ।


ADVERTISEMENT


तत्कालीन सभामुख कृष्णबहादुर महराको यौन दुर्व्यवहार प्रकरण र पछिल्लो समय निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेसको अडियो प्रकरण बाहिर ल्याएका शिवाकोटीले आफू असुरक्षित रहेको बताएपछि महासंघले उनको सुरक्षा व्यवस्था मिलाउन माग गरेको हो ।


ADVERTISEMENT

# # #


महासङ्घका महासचिव रमेश विष्टले पत्रकार विष्टको सुरक्षाको व्यवस्था गरी स्वतन्त्र र सुरक्षित पत्रकारिता गर्ने वातावरण बनाउन माग गरेको जानकारी दिए । शिवाकोटीले आफ्नो निवास र कार्यालय वरपर केही अपरिचित व्यक्तिले शङ्कास्पद गतिविधि बढाएकाले आफू असुरक्षित भएको भनी महासङ्घलाई जानकारी गराएको महासचिव विष्टले बताए ।

उनले ‘स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने पत्रकारको संवैधानिक अधिकारलाई हतोत्साहित बनाउने यस्तो गतिविधिको महासङ्घ भत्र्सना गर्दछ’ भने ।