पोखरा – तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा स्थापित रविन्द्र अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको राष्ट्र व्यापी अन्तर कलेज निवन्ध प्रतियोगितामा ललितपुरका सुरज परियार प्रथम भएका छन् । उनी रिट्ज कलेजमा इन्जिनियरिङ्ग विषय तर्फ प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थी हुन् ।


ADVERTISEMENT


त्यस्तै द्वितीय त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नर्सिङ्ग क्याम्पस विराटनगरमा स्नातक तह दोस्रो बर्षमा अध्ययनरत मनिता योङहाङ र तृतीय सुष्मा गोदावरी कलेज, इटहरी सुनसरीमा स्नातक तहमा अध्ययनरत ओखल ढुंगाका रामचन्द्र अधिकारी भएका छन् ।


ADVERTISEMENT

# # #


‘विकास, राजनीति र रविन्द्र अधिकारी’ विषयमा आयोजित निवन्ध प्रतियोगितामा नेपाल भरीका स्नातक तह र सो भन्दा माथी अध्ययनरत ५२ जना विद्यार्थीहरूका निवन्धहरू समावेस गरिएको थियो । सो निवन्धमा प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरूले क्रमशः २५ हजार, २० हजार र १५ रुपैयाँ हजार नगद र प्रमाण–पत्र प्राप्त गरिने छ ।

विजयी प्रतियोगीहरूलाई अधिकारीको प्रथम स्मृति दिवसका अवसरमा पोखराको सभागृहमा फागुन १५ गते विहान ११ः०० बजे आयोजना हुने स्मृति सभामा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक डोलराज पाण्डेले जानकारी दिए ।