काठमाडौँ – नेकपा मालेका महासविच चन्द्रप्रकाश (सीपी)  मैनाली सवार जिप बिहीबार महोत्तरीको कालापानी भन्ने ठाउँमा दुर्घटना भएको छ ।


ADVERTISEMENT


मैनाली चढेको बा ४ च २१२० नम्बरको सीपी मैनाली चढेको गाडी र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको भ्यानसँग ठोक्किएको हो । दुर्घटनामा परी नेता मैनाली, उहाँका छोरा सरोज, बुहारी पूजा ढुङ्गाना, नाति एन र कारचालक रामप्रसाद पौडेल घाइते भएको इप्रका बर्दिवासका प्रमुख तथा प्रहरी नायब उपरीक्षक राजन चापागाइँले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेता मैनाली गृह जिल्ला झापाबाट परिवारसहित काठमाडौँ आउँदै थिए । गम्भीर अवस्थामा रहेका मैनालीको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको जनाइएको छ । उनको थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ ल्याइने तयारी भइरहेको छ ।