एजेन्सी – बार्सिलोनालाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ ।गए राती रियल मड्रिडको मैदानमा भएको एल क्लासिकोमा भिनिसियस जुनियर र मारियानो डियाजले एक एक गोल गर्दा बार्सिलोना पराजित हुन पुग्यो ।


ADVERTISEMENT


खेलमा अधिकांश समय बल पोसेसन आफ्नो पकडमा लिएपनि बार्सिलोनाले रियलको पोस्टमा प्रभावशाली आक्रमण गर्न सकेन । पहिलो हाफ गोलरहित बनेको खेलको ७१औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । इन्ज्युरी समयमा मारियानोले गोल गर्दै रियललाई २–० को जित सुनिश्चित गराए ।


ADVERTISEMENT

# # #


जितसँगै रियल मड्रिड शीर्ष स्थनमा उक्लिएको छ । उपाधि जित्ने अभियान जिवित राख्नका लागि महत्वपूर्ण रहेको यो एल क्लासिकोबाट तीन अंक जोड्दै रियलले ५६ अंक बनाएको छ । एक अंक कम रहेको बार्सिलोना दोस्रो स्थानमा छ ।