काठमाडौँ – नेपाल लिकर्स प्रा.लि.ले प्रसिद्ध गायक दीपक बज्राचार्यसँग सांगीतिक सहकार्य गरेको छ । सोमबार राजधानीको एक होटेलमा एक कार्यक्रमको आयोजना गरी नेपाल किर्सले गायक बज्राचार्यसँग उक्त सम्झौता गरेको हो ।


ADVERTISEMENT


यसअघि पनि बज्राचार्यसँग सांगीतिक सम्झौता गर्दै आएको नेपाल लिर्कसले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत यस सम्झौतालाई निरन्तरता दिएको हो । सम्झौतापछि बोल्दै नेपाल लिकर्सका कार्यकारी अध्यक्ष तथा उद्योगी राजेशवीर सिंह तुलाधरले बज्राचार्यसँगको सम्झौतामार्फत नेपाली सांगीतिक क्षेत्रमा योगदान गर्न पाउँदा गौरवान्वित बनेको बताए ।


ADVERTISEMENT

# # #


उनले यस सहकार्यले नयाँ पुस्ताका कलाकारहरु समेत प्रोत्साहित गर्ने विश्वास व्यक्त गरे । ‘दीपक बज्राचार्यसँगको सहकार्य मार्फ नेपाली संगीतमा योगदान गर्न उाँदा हामी एकदमै गौरवान्वित छौँ ।’ उनले भने, ‘यस सहकार्यले नेपाली संगीतको विकास तथा प्रवर्द्धनमा प्रेरणमूलक तथा महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने हाम्रो विश्वास छ । उनले आगामी दिनमा पनि नेपाली सांगीतिक क्षेत्र क्षेत्र र कलाकाहरुको उत्थानका लागि सक्रिय रहने प्रतिवद्धता जनाए ।

नेपाल लिकर्सले नेपालमा एन्टीकुईटी ब्लू ह्विीस्की, सिग्नेचर प्रिमियम ह्वीस्की, रायल च्यालेन्ज ह्वीस्की, म्याकडोवेल्स ह्वीस्की, ब्लू रिब्याण्ड जिनको उत्पादन गर्दै आएको छ । यस्तै कम्पनीले उत्कृष्ट कच्चा पदार्थ तथा उच्च स्तरीय प्रविधिबाट अन्तर्राष्ट्रिय स्वाद तथा स्ट्याण्डर्डको मदिरा नेपालमा उत्पादन गर्नै आइरहेको छ ।