काठमाडौँ – गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सोमबार सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक स्थगन गरेका हुन्।


ADVERTISEMENT


नेपालको संविधानको धारा, ९४ अनुसार संघीय संसदको कुनै पनि सदनको बैठकमा सम्पूर्ण सदस्य संख्याको एक चौथाइ सदस्य उपस्थित नभएसम्म कुनै प्रश्न वा प्रस्ताव निर्णयका लागि प्रस्तुत हुने व्यवस्था छ । सोही अनुसार सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमा ६५ जना मात्र उपस्थित भएपछि सदन सभामुखले सदन स्थगित भएको हो । ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा बैठकमा पार्वता डिसी चौधरीले गणपूरक संख्या नपुगेको भन्दै जनाउ दिएकी थिइन् । त्यसपछि सभामुखले गुणपुरक संख्या पर्‍याउनका लागि तीन मिनेटसम्म घण्टी बजाउन निर्देशन दिएका थिए । यति गर्दा पनि सांसदको आवश्यक संख्या नपुगेपछि सभामुख सापकोटाले संसद बैठक स्थिगित भएको घोषणा गरेका हुन् ।

प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २१ गते बस्नेछ ।