काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनको अस्पताल बसाईपछि थप उर्जा र आत्मविश्वासका साथ काममा फर्किने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार अस्पताल भर्ना हुनुअघि एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले खेलको बीचमा राम्रो खेलाडीले मैदान नछाडे जसरी जागृत हुँदै गरेका सपनालाई अलपत्र पारेर आफू अलप नहुने बताए । उनले भने, ‘यस वर्ष हामीले समृद्धिको वर्ष भनेका छौँ । जसरी खेलको बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न ।’


ADVERTISEMENT

# # #


संसारमा कोही पनि अजम्बरी नभएको भन्दै उनले आफ्नो संकल्प पनि अजम्बरी नभई जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि भएको बताए । आफ्नो स्वास्थ्यलाई लिएर ढुक्क रहनु पनि आग्रह गर्दै उनले अस्पताल बसाईका समयमा सरकारका नियमित काममा कुनै बाधा नपर्ने जनाए । उनले भने, ‘हामीले देखेको सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न केही दिनको अस्पताल बसाई र आराम पछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्किनेछु ।’

यस्तै प्रधानमन्त्री ओलीले विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भइपरी आउनु कुनैपनि विषयमाथि प्रभावकारी रुपमा काम गर्नका लागि परेको बेला आवश्यक निर्णय लिन सक्ने संयन्त्र र व्यवस्था मिलाएको बताए । उनले आफ्नै देशका चिकित्सकद्वारा मिर्गौला प्रत्यारोपण गराउने सुविधा प्राप्त भएकोमा आफूलाई गौरवान्वित महसुस भएको बताए ।

सम्बन्धित समाचार
आफ्नै देशका चिकित्सकबाट मिर्गौला प्रत्यारोपण गराउन पाउँदा गौरवान्वित छु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिए ।