काठमाडौँ – दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का चौधौँ महासचिवका रुपमा श्रीलङ्काका वरिष्ठ कूटनीतिज्ञ इसाला रुवान विराकुनले कार्यभार सम्हालेका छन् ।


ADVERTISEMENT


सार्कको महासचिवमा नियुक्त हुनुअघि उनी श्रीलङ्काली राष्ट्रपतिका वरिष्ठ अतिरिक्त सचिव थिए । श्रीलङ्काको परराष्ट्र सेवामा ३२ वर्ष बिताएका महासचिव विराकुनले त्यहाँको परराष्ट्र र पर्यटन विकास मन्त्रालयको सचिवको जिम्मेवारी पूरा गरेका थिए ।


ADVERTISEMENT

# # #


लण्डन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर उपाधि हासिल गरेका उनले भारतका लागि श्रीलङ्काको उच्चायुक्त र नर्वेमा राजदूतका रुपमा सेवा गरिसकेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सार्कका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र परराष्ट्र सचिव शङ्करदास वैरागीसँग अनुकूल समयमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको सार्क सचिवालयले जनाएको छ ।