काठमाडौं । भारतले नेपाललाई आवश्यक कुनैपनि वस्तुको अभाव हुन नदिने प्रतिवद्धता जनाएको छ । शुक्रबार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उद्योगमन्त्री लेखराज भट्टले संकटको बेला नेपाललाई आवश्यक पर्ने जुनसुकै वस्तुहरु पनि अभाव हुन नदिने भारतको प्रतिबद्धता रहेको बताए ।


ADVERTISEMENT


कोरोना भाइरसको संक्रमणसँगै नेपालमा कृतिम अभाव र कालोबजारी सुरु भइरहेको बेला उनले यस्तो बताएका हुन् । ‘विशिष्ट परिस्थिति भएकोले तपाईंलाई आवश्यक पर्ने कुनैपनि वस्तुहरु रोक्दैनौं भनेर उहाँहरुले भन्नुभएको छ,’ मन्त्री भट्टले भने ।


ADVERTISEMENT

# # #


भारतले केही दिनअघि मात्रै औषधि उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ निर्यातमा कडाइ गरेको थियो । भारतीय विदेश व्यापार निर्देशनालयले २६ प्रकारका औषधि र त्यसमा प्रयोग हुने कच्चा पदार्थको निर्यात लिनुपूर्व लाइसेन्स लिनुपर्ने व्यवस्था गरेको हो ।

भारतको सो कदमपछि नेपाली बजारमा औषधिको कृतिम अभाव सिर्जना भएको छ । त्यस्तै, अन्य खाद्यान्न, नुन, चिनी, ग्यास जस्ता दैनिक उपभोग्य वस्तुहरुको पनि अभाव सुरु भएको छ । यो अवस्थामा भारतको त्यस्तो प्रतिवद्धता आएको हो ।

औषधिका सम्बन्धमा भने निर्यातकर्ताहरुलाई नेपालमा औषधि निर्यातका लागि लाइसेन्स दिन भारत सकारात्मक भएको हो ।

मन्त्री भट्टले भने, ‘परराष्ट्र मन्त्रालयका तर्फबाट पनि यसबारे संवाद भएको छ । उहाँहरुको पनि आफ्नै समस्या छ । पहिले चीनबाट धेरै औषधिजन्य कच्चा पदार्थ आयात भइरहेको अवस्थामा त्यो रोकिएपछि समस्या हुन्छ कि भनेर उहाँहरुले पठाउन नसकिने भन्ने कुरा गर्नुभएको हो । तर नेपालको लागि विशेष व्यवस्था गर्छौं भन्नुभएको छ ।’

यो अवस्थामा भारतको आश्वासनले राहत दिएको छ । यसअघि पाम आयलमा पनि भारतले लाइसेन्सकै व्यवस्था गरेको थियो । सो आयलको आयातमा प्रतिबन्ध लगाएको भारतले नेपाली निर्यातकर्ताहरुलाई लाइसेन्स दिएर आयात खुला गरेको थियो । सरकार