पोखरा– पोखरा–लेखनाथ महानगरपालिका रामघाटस्थित सेती नदीमा हामफाली एक किशोरी बेपत्ता भएकी छिन् ।


ADVERTISEMENT


महानगर–१५ शिवचोक घर भई रामबजारमा रहेको कालिका उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ वर्षकी अग्नि गुरुङ आइतबार साँझ सेतीमा हाम फालेर बेपत्ता भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनले हामफाल्नुअघि लेखेको सुसाइट नोटमा ‘मेरो शरीरलाई कसैले नछुनु’भनी उल्लेख गरेको एक पत्रसमेत फेला परेको बताइएको छ । रासस