काठमाडौं फागुन २०। चर्को आलोचनाका बावजुद ओमानका लागि प्रस्तावित नेपाली राजदूत शर्मिला पराजुली ढकालको नाम फिर्ता भएन । तर, यूएईका लागि प्रस्तावित राजदूत आशा लामाको नाम भने फिर्ता भएको छ ।


ADVERTISEMENT


सरकारले १२ राजदूतको नाम पठाएपछि संसदीय सुनुवाई विशेष समितिले प्रक्रिया सुरु गरेको छ । संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर प्रस्तावित नामविरुद्ध उजुरी आहृवान गर्ने निर्णय गरेको छ ।


ADVERTISEMENT

# # #


सरकारले आशा र स्पेनका लागि प्रस्तावित राजदूत भरत रायमाझीको नाम पठाएको छैन ।

स्पेनमा दूतावास स्थापनाका लागि त्यहाँको सरकारले स्वीकृति दिएपछि उनको सुनुवाई प्रक्रिया अघि बढ्नेछ । आशा लामाको नाम भने फिर्ता लिइएको छ ।

उनी कांग्रेसको कोटामा राजदूत भएकी थिइन् । तर, म्यानपावर व्यवसायी भएको भन्दै पार्टीभित्र र बाहिरबाट चर्को दबाव आएपछि कांग्रेसले उनको नाम फिर्ता लिएको छ ।

फोरम लोकतान्त्रिकको कोटामा राजदूत भएकी ‘म्यानपावरवाली’ शर्मिलाको नाम पनि फिर्ता हुने चर्चा थियो । तर, फोरम लोकतान्त्रिकको दबावपछि सरकारले नाम फिर्ता लिन सकेन र उनको सुनुवाई प्रक्रिया सुरु भएको छ ।

अब संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरे उनी राजदूत हुनेछिन् ।