काठमाडौं – विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको त्रासबाट नेपाल पनि अछुतो छैन । फिल्मकर्मीहरुले पूर्व निर्धारित समयमा चलचित्र प्रदर्शन गर्न सकिरहेका छैनन् । चलचित्रको प्रदर्शन मिति नजिकिदै गर्दा थुप्रै चलचित्रले पछि सरिरहेका छन् ।


ADVERTISEMENT


केही दिन अगाडि मात्र चलचित्र ‘म यस्तो गीत गाउँछु २’को निर्माणपक्षले कोरोना त्रासकै कारण चलचित्रको प्रदर्शन मिति अनिश्चितकालका लागि पछि सारेको थियो । चलचित्र टिमले दर्शकको स्वास्थ्य भन्दा ठूलो केहि नभएको बताउँदै आएका छन् ।


ADVERTISEMENT

# # #


यहि मेसोमा आगामी चैत्र ७ गतेलाई प्रदर्शन मिति लक गरेको चलचित्र ‘निरफूल’को प्रदर्शन मिति पनि पछि सारिएको छ । कोरोना त्रासकै कारण चलचित्र पछि सार्नुपरेको निर्माणपक्षको भनाई छ । संचारकर्मी फूलमान वलले निर्देशन गरेको यो चलचित्रको प्रदर्शन मिति दोस्रो पटक परिवर्तन गरिएको हो । यस अघि फागुण ३० गतेलाई प्रदर्शन मिति पक्का गरेको यो चलचित्र सोही मितिमा ‘म यस्तो गीत गाउँछु २’ आउने भएपछि एक साता पछि सारिएको थियो ।

चलचित्र ‘नीरपूल’मा दयाहाङ राई, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् ।