फागुन, २० । सुनसरीको इटहरीस्थित डिएभी क्रिकेट खेल मैदानमा आजदेखि प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट खेलको शुभारम्भ गरिएको छ । नेपालको सशस्त्र प्रहरीको एक विभागीय टिमसँगै ६ वटा टिमको प्रतिस्पर्धामा सहभागिता रहेको छ ।


ADVERTISEMENT


प्रतियोगिताको उद्घाटन गर्दै नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री भीम आचार्यले नेपालमा खेल क्षेत्रले जति विकास र उन्नति गर्नुपथ्र्यो त्यसो नहुनुमा नेपालको अस्थिर राजनीति नै मूल बाधक बनिरहेको बताए ।


ADVERTISEMENT

# # #


राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको खेलको व्यवस्थापन भने स्थानीय इटहरी क्रिकेट एकेडेमीले गरेको छ ।

उद्घाटित खेलअन्तर्गत आज भएको २० ओभरको पहिलो खेलमा पहिले ब्याटिङ गर्दै पूर्वाञ्चल टिमले मध्यमाञ्चललाइ १२४ रनको लक्ष्य दिएको थियो । पूर्वाञ्चल टिमले ३ विकेटको क्षतिमा उक्त स्कोर खडा गरेको थियो । जसमा अक्सरी बेगमले ४६ र रोमा थापाले ४२ रनको साझेदारी रहेको थियो ।

एक सय २४ रनको लक्ष्य पच्छ्याउन मैदानमा ओर्लिएको मध्यमाञ्चल टिमले निर्धारित २० ओभरको खेलमा सबै विकेट गुमाउँदै ४७ रनमा अलआउट भएको थियो । जसमा मध्यमाञ्चलकी सीता श्रेष्ठले मात्र दोहोर अङ्क अर्थात् १३ रन बनाउन सकेकी थिइन् ।

खेलमा महिला क्रिकेट टिमकी टिम कप्तान रुविना क्षेत्रीले ३ विकेट तथा आरती बिडारीले २ विकेट लिएकी थिइन् । खेलमा पूर्वाञ्चलकी रोमा थापा म्यान अफ द म्याच घोषित भएको सिपी पौडेलले जानकारी दिएका छन् । खेलमा सशस्त्र प्रहरीको एपिएफ, पूर्वाञ्चल, मध्यमाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल टिमको सहभागिता रहेको छ ।