काठमाडौं – नेपालको राष्ट्रिय फुटबल टोली र इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोली ‘सी’ बीचको पहिलो मैत्रीपूर्ण खेल स्थागित भएको छ ।


ADVERTISEMENT


आगामी जेठ १२ गते इङ्ल्यान्डमा खेलिले तय भएको मैत्रीपूर्ण खेल कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।


ADVERTISEMENT

# # #


एन्फाले बुधबार प्रेश विज्ञप्ति निकाल्दै अर्को सूचना नभएसम्म मैत्रीपूर्ण खेल स्थगित गरेको पनि उल्लेख गरेको छ । यसअघि एन्फा र इङ्ल्यान्ड फुटबल संघबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि सम्झौता भएको थियो । होम एन्ड अवेका आधारमा खेलिन लागिएको दोस्रो खेल नेपालमा सन् २०२१ मा खेलिने तय भएको थियो ।