काठमाडौँ – यही चैत ६ गते (भोलि)देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएको छ ।


ADVERTISEMENT


विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण सरकारले सम्पूर्ण तयारी पूरा भईसकेको अवस्थामा एसईई परीक्षा हुनु एक दिन अगाडि स्थगित गर्ने निर्णय गरेको हो । उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यस वर्ष करिब ५ लाख भन्दा बढी विद्यार्थीले एसईई परीक्षा दिँदै थिए ।

यसअघि समितिको आजै बसेको बैठकले सिनेमा हल, जिम हल, डान्सबार, स्वीमिङ पुल लगायतका भिडभाड हुने सार्वजनिक स्थल अप्रिल ३० सम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । यस्तै मठमन्दिर, गुम्बा, मस्जिद, चर्च लगायतका सार्वजनिक ठाउँमा पनि २५ जना भन्दा भेला नहुन सरकारले अपिल गरेको छ ।

यस्तै कोरोना संक्रमण फैलिएका युरोपका सम्पूर्ण मुलुक, पश्चिम एशियाका खाडी मुलुकहरु, इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया लगायतका देशबाट तथा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई आवगमनमा रोक लगाउने निर्णय गरेको छ ।