काठमाडौँ – माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित भएसँगै त्रिभुवन विश्वविद्यालय (त्रिवि) र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌(सीटीईभीटी)ले लिने सबै किसिमका परीक्षा पनि स्थगित भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरसको त्रासका कारण सबै परीक्षा स्थगित भएका हुन् ।


ADVERTISEMENT


हिमालय पोष्टसँगको टेलिफोन कुराकानीमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले चैत्र मसान्तमा तय भएका एसईई, त्रिवि लगायतका सम्पूर्ण परीक्षा स्थगित गरिएको जानकारी दिए । मन्त्री पोखरेलले भने, ‘एसईईसँगै विश्वविद्यालय र सीटीईभीटीको परीक्षा पनि अब स्थगित हुन्छन् ।’


ADVERTISEMENT

# # #


त्रिविले चैत्र ९ गतेदेखि एमए दोस्रो सेमेस्टरका परीक्षा, चैत्र १४ गतेदेखि एलएलबी दोस्रो वर्षको परीक्षा हुने तालिका निकालेको थियो । अब ती सबै परीक्षा अर्को सूचना नआएसम्मका लागि स्थगित हुने भएका छन् ।

यसअघि सरकारले चैत्र ६ गते (भोलिदेखि) हुने एसईई परीक्षा अर्को निर्णय नभएसम्मका लागि  स्थगित गर्ने निर्णय गरेको थियो । यस वर्षको एसईईमा ५ लाख विद्यार्थीले सहभागिता जनाउँदै थिए ।