काठमाडौँ – अनुमति नै नलिइ ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणमा विद्युत् प्रयोग भएको पाइएपछि नेपाल विद्युत् प्राधिकरणले कारवाही गरेको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रले रानीपोखरीको पुनःनिर्माण अनुमति नलिइ विद्युत् लिइएको पाइएपछि जरिवाना गरेको हो ।


ADVERTISEMENT


केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठका अनुसार, रत्नपार्क वितरण केन्द्रको चुहावट नियन्त्रण टोलीले रानीपोखरीको छेउबाट गएको वितरण लाइनबाट प्रत्यक्ष हुकिङ गरी पुनःनिर्माणमा बिजुली प्रयोग भइरहेको फेला पारेको हो ।


ADVERTISEMENT

# # #


उक्त टोलीले विद्युत् चोरी गरी प्रयोगमा ल्याएका पानी तान्ने मोटर, बत्तीत्तलगायतका उपकरण नियन्त्रणमा लिएको छ । रानीपोखरीको पुनःनिर्माण उपभोक्ता समितिबाट भइरहेको छ । स्थलगत अनुगमन प्रतिवेदन र एक वर्षको खपत विवरणलाई आधार मानी रु दुई लाख ९५ हजार ८९२ उपभोक्ता समितिबाट असुल गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिए। उनले प्रत्यक्ष हुकिङ गरेर रु एक लाख ४७ हजार ८२३ को विद्युत् चोरी भएको पाइएको बताए ।

प्राधिकरणले चोरी गरेको पाइएपछि शतप्रतिशत जरिवाना गर्दै लाइन काटिदिएको छ । यस्तै मूल्य अभिवृद्धिकरसहित रु दुई लाख ९५ हजार ८९२ बराबरको रकम असुल गर्ने तय गरिएको श्रेष्ठले बताए। कारवाही पछि मिटर राखी विद्युत् जडान गर्ने तयारी गरिएको छ ।