नयाँदिल्ली — निर्भया बलात्कार काण्डका ४ जना दोषीलाई शुक्रबार बिहान भारतले फाँसी दिएको छ । भारतीय समयअनुसार शुक्रबार बिहान साढे ५ बजे दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिइएको हो । निर्भया तथा बलात्कार घटनाका दोषीहरु विनय शर्मा, पवन गुप्ता मुकेश सिंह र अक्षय कुमारलाई शुक्रबार तिहाड जेलमा पवन जल्लादले झुण्ड्याएका हुन् ।


ADVERTISEMENT


मध्यरातमा दिल्ली हाईकोर्टको ढोका ढकढकाए पनि न्यायाधीशहरु मनमोहन र सञ्जीव नरुलाको इजलासले याचिका खारेज गरिदिएको थियो । दोषीहरुका वकिल एपी सिंहले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा पटियाला हाउस कोर्टले फाँसीमा रोक नलागाएको भन्दै दिल्ली हाईकोर्टमा याचिका दायर गरेका थिए । सर्वोच्च अदालतका न्यायाधीश भानुमतिको अध्यक्षतामा रहेको विशेष इजलासले पनि दोषीहरुको तर्फबाट पेस गरिएको दलील कमजोर भएको उल्लेख गर्दै याचिका खारेज गरिदिएपछि उनीहरुलाई फाँसी दिइएको हो ।
के थियो घटना ?
२०१२ डिसेम्बर १६ मा साथीसाग बसमा हिँडिरहेका बेला एक २३ वर्षीया युवतीमाथि ६ जनाले सामूहिक बलात्कार गरेका थिए । ती युवतीमाथि रडले आक्रमण गर्दै बलात्कार गरेका थिए । घटनाको ११ दिनपछि युवतीलाई उपचारका लागि सिंगापुर लगिए पनि त्यसको २ दिनपछि उनको मृत्यु भएको थियो ।


ADVERTISEMENT

# # #


निर्भयाका दोषीलाई कडा सजाय हुनुपर्ने माग राख्दै भारतभर तथा विश्वका विभिन्न मुलुकमा व्यापक विरोध प्रदर्शनसमेत भएको थियो । नयाादिल्लीको सडकमा राज्य सरकार र केन्ऽ सरकारको विरोधमा हजारौं मान्छे सडकमा उत्रिएका थिए । भारतीय कानुनले बलात्कारपीडितको नाम सार्वजनिक गर्न नदिने भएकाले ती युवतीलाई निर्भया नाम दिइएको थियो ।

बलात्कार तथा आक्रमणमा बस ड्राइभरसहित अरु पाँच जनाको संलग्नता रहेको थियो । घटनाका मुख्य दोषी मानिएका राम सिंहको २०१५ को मार्चमा मुद्दा चलिरहेकै क्रममा तिहाड जेलमा मृत्यु भएको थियो । प्रहरीले राम सिंह आफै झुण्डिएर आत्महत्या गरेको बताएको थिए । ३३ वर्षीय सिंह त्यो बसका ड्राइभरसमेत भएको बताइन्छ ।

त्यस्तै घटनामा संलग्न भनिएका एक व्यक्ति भने नाबालिग भएको भन्दै रिहा गरिएको छ । नाबालिग रहेको भन्दै उनलाई ३ वर्ष सुधारगृहमा राखेर रिहा गरिएको हो । त्यस्तै राम सिंहका भाइसमेत रहेका ३२ वर्षीय मुकेश सिंह, फिटनेस ट्रेनरका रुपमा काम गर्ने २५ वर्षीय विनय शर्मा, बसका सहचालक ३१ वर्षीय अक्षय कुमार र फलफुल पसल गर्ने २५ वर्षीय पवन गुप्तालाई भने शुक्रबार फाँसी दिइएको हो ।