काठमाडौं–  नेपाल, चीनसहित पूर्वी एसियन मुलुकका स्वास्थ्य अधिकारीबीच आज भिडियो कन्फरेन्स हुँदैछ ।


ADVERTISEMENT


कन्फरेन्समा कोरोना भाइरस संक्रमणको रोकथाम नियन्त्रण र न्यूनीकरण लगायतका विषयमा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


पछिल्लो प्रतिकुल अवस्थामा भन्सार व्यवस्थापन, महामारीपछिको जोखिम लगायतका विषयमा पनि छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । कन्फरेन्स अपरान्ह ३ बजे सुरु हुँदैछ ।