काठमाण्डौ – नेपाल प्रहरीले कोरोना भाइरस (कोभिड १९) का बारेमा चलेका हल्लामा विश्वास नगर्न आग्रह गरेको छ । नेपालमा पनि कोरोना देखिएको भन्ने गलत श्रव्य सामग्री अर्थात् अडियो बनाइ सामाजिक सञ्जालमा राख्ने एक जनालाई पक्राउ गरिएको र अरुबारे अनुसन्धान भइरहेकाले यस्ता गलत कुरामा विश्वास नगर्न प्रहरीले आग्रह गरेको हो ।


ADVERTISEMENT


नेपालमा कोरोनाका कारण केही व्यक्तिको ज्यान गएको दाबी गर्दै अडियो बनाउने, रामेछाप घर भइ भक्तपुरको सिपाडोल बस्ने विवेक थापा मगरलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक ९डीआईजी० शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #


प्रहरीले गलत हल्लाका पछि नलाग्न र सरकारको आधिकारिक सूचना र जानकारीबारे ख्याल गर्न आग्रह समेत गरेको छ । पक्राउ परेका व्यक्ति दर्ता नै नगरिएको ‘झोर्ले न्युज डट कम’का सञ्चालन भएको पाइएको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । यस्तै अन्य अफवाह फैलाउनेहरुको पनि खोजी भइरहेको र गलत सूचना सार्वजनिक गर्नेलाई कारबाही गर्ने जनाएको छ ।