काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को सम्भावित महामारीको विषम परिस्थितिलाई ध्यानमा राखेर एनआईसी एशिया बैंकले आफ्नो ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरहरूमार्फत नियमित काउण्टर सेवा प्रदान गर्ने भएको छ ।


ADVERTISEMENT


यस्तै कमलादी, कर्पोरेट कार्यालय, न्यूरोड (खिचापोखरी), पोखरास्थित न्यूरोड र भक्तपुर (शनिवार मात्र सेवा) शाखाहरूमार्फत प्रदान गरिने बिदा काउण्टर सेवा पनि यथावत रहनेछन् । तर, बैँकले यस बाहेकका अतिरिक्त काउण्टर सेवाहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।


ADVERTISEMENT

# # #


बन्द रहने अतिरिक्त काउन्टर सेवा

हाल बैंकका कलंकी, क्षेत्रपाटी, थानकोट, बालाजु, बौद्ध, बनेपा, अत्तरिया, महेन्द्रनगर, गाईघाट, लेकसाइड (पोखरा), इलाम, जनकपुर, मलंगवा, लहान र धनगढी हस्पिटल लाइन शाखाहरूबाट सेवा दिँदै आएको बिहान ९ बजे देखि साँझ ७ बजेसम्मको अतिरिक्त काउण्टरहरू आज (सोमबार)देखि बन्द रहने बैँकले जनाएको छ ।

बैंकका नियमित काउण्टर सेवा अन्तगर्तका ३१९ शाखा तथा १०८ एक्टेन्सन काउण्टरमा भने बिहान ९ः४५ बजेदेखि दिउँसो ४ बजेसम्म (शुक्रबार बिहान ९ः४५ बजेदेखि दिउँसो १ बजेसम्म) सेवा यथावत रहनेछ ।

कोरोना भाइरसको संक्रमणको जोखिम कम गर्न नोट कारोबारको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय हुने बैँकले जनाएको छ । त्यसका लागि बैँकले अनलाईन खाता खोल्न मिल्ने सुविधा प्रदान गर्नुको साथै, इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायका विद्युतीय माध्यमबाट गरिने विभिन्न भुक्तानीका सेवाहरूअर्को सूचना जारी नगरेसम्मको लागि निःशुल्क गरेको छ ।

कुन-कुन भुक्तानीका सेवा भए निःशुल्क ?

ग्राहकलाई विशिष्टिकृत सेवा सुविधा आवश्यक परेमा वा बैंकले प्रदान गर्ने सेवा सम्बन्धी कुनै पनि जानकारी चाहिएमा बैंकको २४ सै घण्टा सुचारु रहने ग्राहक सम्पर्क केन्द्रको टोल फ्रि नम्बरः १६६०–०१–७७७७१, मिस्डकल बैंकिङ्गः ९८०१२२७७५५, एसएमएसः ३४४८८, फेसबुक च्याटबट तथा गुनासो सुनुवाई अधिकृतलाई ९८४०१६३६९९ मा सिधा सम्पर्क गर्न बैँकले अनुरोध गरेको छ ।

यस्तै बैँकले बैंकिङ्ग गतिविधिमा आइपर्ने समस्याहरुको समाधानका लागि ग्राहकवर्गमा समर्पित ‘डिजिटल सर्पोट हेल्पडेस्क’ को स्थापना गरेको छ । जसमा सम्पर्क गरेर ग्राहकले आफ्ना समस्या समाधान गर्न सक्नेछन् ।

कुन समस्याका लागि कसलाई सम्पर्क गर्ने ?