काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले स्थापना गरेको कोरोना नियन्त्रण कोषमा १ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ ।


ADVERTISEMENT


सरकारको तर्फबाट ५० करोड योगदान गर्दै आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापनाको निर्णय गरेको थियो । उक्त कोषमा कृषि विकास बैंकले कोरोनाविरुद्ध डटेर सामना गर्नका लागि उक्त सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


व्यक्तिगत सुरक्षा सामाग्री, स्वास्थ्य उपकरण, नमूना परिक्षण किट र क्वारेण्टाईन लगायत अत्यावश्यक सामग्री स्वास्थ्य व्यवस्थाको उचित प्रबन्ध मिलाउनका लागि उक्त सहयोग गरिएको बैँकले जनाएको छ ।