विराटनगर – लकडाउनको दोस्रो दिन विराटनगरको अवस्था पनि समान्य रहेको पाइएको छ । बजारमा मानिसको चहलपहल छैन, सडकमा कुनै पनि सवारी साधनको आवतजावत छैन । सडकमा प्रहरीको तैनाथी छ । दूधको गाडी र सञ्चारकर्मीको सवारी साधन फाटफुट चलेको पाइयो ।


ADVERTISEMENT


बजार सुनसान छ भने अति आवश्यक औषधि पसल भने खुला छन् । विराटनगरको गुद्रीमा सामान्य अवस्थामा देखिने भीड लकडाउनपछि सुनसान छ । विराटनगरका ठूला डिपार्टमेन्ट स्टोर, भाटभटेनी, आरके सेन्टर र सिटीमलदेखि स–साना पसल पनि बन्द छन् । मानिसले कोरोना नियन्त्रणमा सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन तीव्र रुपमा नियम पालना गरिरहेको पाइएको छ ।


ADVERTISEMENT

# # #


सवारी साधन प्रहरी नियन्त्रणमा

लकडाउन उल्लङ्घन गर्ने १४३ थान सवारी साधन जिल्ला प्रहरी कार्यालय मोरङले आज बिहान पक्राउ गरी नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा १३९ थान मोटरसाइकल र चार थान चार चक्के सवारी साधन रहेका सञ्चार शाखाले जनाएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएका बाहेक अन्य कुनै पनि सवारी साधन चल्न नदिने प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए। अतिआवश्यक काम तथा पसल खोल्नु परेमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा खुलाउने र लकडाउनलाई कडाइका साथ पालना गराउनेतर्फ सबैको ध्यान जानुपर्ने उपरीक्षक अधिकारीको भनाइ छ ।