काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले निवासमै बसेर सरकार सञ्चालन गरिरहेकाले सबैलाई घरमै बस्न आव्हान गरेका छन् ।


ADVERTISEMENT


विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ को दोस्रो दिन प्रधानमन्त्री ओलीले आज ट्वीटमार्फत् सन्देश दिँदै सो आग्रह गरेका हुन्। सन्देशमा भनिएको छ, “म पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईँहरु पनि घरमै बस्नुहोस् ।”


ADVERTISEMENT

# # #