काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्राले बुधबारबाट सर्जिकल मास्कको वितरण सुरू गरेका छन् ।


ADVERTISEMENT


उपाध्यक्ष मल्होत्राका अनुसार आज ५० हजार थान मास्क स्वास्थ्य सेवा विभागलाई दिईएको छ । यस्तै, विभिन्न निजि अस्पतालहरूलाई समेत मास्क वितरण गरिएको बताईएको छ ।


ADVERTISEMENT

# # #


उनका अनुसार दैनिक मास्क उत्पादन गर्दै आववश्यकता अनुसार धेरै भन्दा धेरै मास्क वितरण गरिनेछ । ‘लक डाउन’ को समयमा सबै नेपालीहरूलाई पुग्ने गरी मास्क उत्पादन गर्ने र बितरण गर्ने बताईएको छ ।

सेवाका लागि उत्पादन मूल्य भन्दा पनि सस्तोमा मास्क देश र जनताका लागि उपलब्ध गराउने उपाध्यक्ष मल्होत्राको भनाई छ ।