काठमाडौँ – राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् ।


ADVERTISEMENT


राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन बमोजिम सांसदले १५ दिनको तलव दिने भएका पार्टीका महासचिव केशव झाले जानकारी दिए । राजपाका प्रतिनिधि सभा र राष्ट्रिय सभाका गरी हाल १८ सांसद छन् ।


ADVERTISEMENT

# # #


यसअघि राजपाले विज्ञप्ति निकालेर कोभिडको सङ्क्रमण नियन्त्रणका लागि सरोकार भएका सबैलाई एकजुट हुन अपिल गरेको थियो ।