काठमाडौँ — सरकारले खाद्यवस्तुको होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ । कोरोना समन्वय समितिको बुधबार बसेको बैठकले ठूला खाद्य स्टोर तथा पसलहरुले आवश्यक खाद्यवस्तुहरु होम डेलिभरी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । यसका लागि गृह मन्त्रालयले सीमित संख्याका सवारी साधानलाई अनुमति दिने उल्लेख छ।


ADVERTISEMENT


समितिको बैठकले औषधि खाद्य वस्तु, पानी, दूध, फलफुल, तरकारी, पशुपन्छी र माछाको दाना कुखुराका चल्ला ढुवानी गर्ने र फर्केर जाने सवारी साधानलाई सुचारु गर्ने पनि निर्णय गरेको छ।  यस्ता सवारी साधानले भने यात्रु ओसारपसार गर्न पाउने छैन। स्थानीय तहले वडास्तरमा दूध, तरकारी, फलफुल लगायत अन्य खाद्यवस्तु विक्री वितरण गर्ने र ग्राहकहरुबीच भौतिक दूरी कायम हुनेगरी सञ्‍चालन गर्न सहजीकरण गर्ने पनि निर्णय भएको छ।


ADVERTISEMENT

# # #


यस्तै, इन्डक्सन चुल्होमा प्रोत्साहन गर्न सरकारले भन्सार महसुल छुट दिने व्यवस्था मिलाउने जनाएको छ।