एजेन्सी – संयुक्त राष्ट्रसंघले कोरोना भाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागिपर्नुपर्ने बताएको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संक्रमणविरुद्ध देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताएका हुन् ।


ADVERTISEMENT


महामारीलाई विकसित मुलुकमा नियन्त्रण गर्ने र विकासोन्मुख देशहरूमा डढेलो जसरी फैलन दिइयो भने त्यसवाट दशौँ लाख मानिसको ज्यान जाने उनको भनाइ छ ।


ADVERTISEMENT

# # #


भाइरसलाई स्वरूप परिवर्तन गर्ने अवसर दिएमा परिवर्तित भाइरसले बनेका खोप पनि काम नलाग्ने गरि फेरि सबैलाई आक्रमण गर्ने चेतावनी गुटेरसले दिएका छन् । आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले दुई अर्ब डलर कोषको घोषणा गरेको छ ।