चितवन – लायन्स क्लब इन्टरनेशनल ‘डिस्ट्रिक्ट ३२५ बि टु’ ले भरतपुरमा हालै सञ्चालनमा आएको भरतपुर कोरोना विशेष (अस्थाई) अस्पताललाई अत्यावश्यक सामाग्री उपलब्ध गराएको छ ।


ADVERTISEMENT


क्लबका उप डिस्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले भरतपुर महानगरपालिकाका प्रमुख एवं अस्पतालका संयोजक रेनु दाहाललाई ती सामाग्री आज हस्तान्तरण गर्नु भएको हो । क्लबले ५० थान कोरोना भाइरस उपचारका क्रममा स्वास्थ्यकर्मीले लगाउने पोशाक (पिपिई) र ५० लिटर सेनिटाइजर अस्पताललाई हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


ती सामाग्रीको मूल्य रु तीन लाख भन्दा वढी रहेको जनाइएको छ । आगामी दिनमा आवश्यकता अनुसार थप सहयोग गर्दै जाने प्रतिवद्धता क्लबका उप डिस्ट्रिक्ट गभर्नर भट्टले व्यक्त गरे । सामाग्री ग्रहण गर्दै महानगर प्रमुख दाहालले सम्भावित कोरोना भाइरसको जोखिम नियन्त्रण गर्न साझा अभियान सञ्चालन गरिएको बताए ।

अस्पतालका सदस्य सचिब डा भोजराज अधिकारीले अहिलेका अवस्थामा अत्यावश्यक सामाग्री प्रदान गरेकोमा लायन्स क्लवलाई धन्यवाद दिदै कोरोनाका विरुद्ध जुट्न सबैमा आह्वान गरे । सो कार्यक्रममा क्लबका चिफ एड्भाईजर सिद्धार्थलाल चुके, दिननाथ न्यौपाने, सिनियर एड्भाईजर डा. शारदा कुँवर, बागेश्वरी लायन्सका पूर्ब अध्यक्ष पूर्णबहादुर श्रेष्ठ र नारायणगढ लायन्सका अध्यक्ष निरज श्रेष्ठ सहभागी थिए । अस्पताललाई यस अघि सिजि फाउण्डेसनले दश थान पिपिई उपलव्ध गराएको थियो । रासस