काठमाडौं – नेपालमा थप एकजनामा कोरोना संमण पुष्टि भएको छ ।  सुदुरपश्चिमको धनगढीमा चौथो संक्रमित भेटिएका हुन् ।


ADVERTISEMENT


उनी प्रादेशिक अस्पताल धनगढीमा उपचाररत रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


प्रवक्ता देवकोटाले सं‌क्रमित अरु पनि हुन सक्ने भन्दै विदेशबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।

दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए । यसअघि नेपालमा तीन जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये एक जना उपचारपछि घर फर्किएका छन् भने दुई जना काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा उपचाररत रहेका छन् ।