काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमणको रोकथामका लागि नागरिकले पनि विशेष सावधानी अपनाउन सुझाव दिएको छ । आफ्नो तर्फबाट नियन्त्रण र रोकथामका सबै उपाय अबलम्बन गर्ने बताएको सरकारले नागरिकले पनि आफ्नो तर्फबाट जिम्मेवाार हुनुपर्ने बताएको छ ।


ADVERTISEMENT


स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हिमालय पोष्टसँग कुरा गर्दै भने, सरकारले आफ्नो जिम्मेवारी पूरा गरिरहेको छ, अब पालो जनताको पनि हो । जनताको हितकै लागि गरिएको लकडाउनको पालना गर्न उनले आग्रह गरेका छन् ।


ADVERTISEMENT

# # #


डा. देवकोटाले सर्तक र सावधान रहनु नै अहिलेको आवश्यक्ता रहेको बताए । नागरिकको स्वास्थ्यप्रति सरकार जिम्मेबार रहेको भन्दै उनले सरकारका तर्फबाट संक्रमण नियन्त्रणमा अधिकतम प्रयास भइरहेकोले जनताले पनि सरकारलाई साथ दिनुपर्ने बताए ।