काठमाडौं – सरकारले लकडाउनका कारण मर्कामा परेका न्यून आय भएका, विपन्न वर्ग विशेषतः सहरी मजदुर, गरिबहरूका लागि विशेष राहत प्याकेजको तयारी गरेको छ ।


ADVERTISEMENT


कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले त्यसको तयारी गरिरहेको र मन्त्रिपरिषद्को बैठक बसेर आर्थिक प्याकेजको घोषणा गर्ने स्रोतले जानकारी दियो । आइतबारै मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ ।


ADVERTISEMENT

# # #


न्यून आय भएका वर्गलाई पालिकाहरूले खाने कुराको प्रबन्ध मिलाइरहेको भए पनि उनीहरूले काम पाउने अवस्था नबन्दासम्म उनीहरूलाई सरकारले हेर्ने समिति स्रोतले भन्यो ।