काठमाडौं – सरकारले लागु गरेको लकडाउन उल्लंघनकर्तालाई सोही ठाउँमै कारवाही गरिने भएको छ । प्रहरी भ्यानमा हालेर लैजाँदा संक्रमणको जोखिम बढ्न सक्ने भन्दै जुन ठाउँबाट पक्राउ परेका छन् त्यही ठाउँमा २ घण्टा होल्ड गरिने प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


पक्राउ गर्दासमेत पूर्ण सावधानी अपनाइने र पक्राउ परेकाहरुलाई सामाजिक दुरी कायम गरेर मात्रै सडकछेउमै राखिन थालिएको प्रहरीले जनाएको छ । अत्यावश्यक कामबिना सडकमा निस्किएकालाई पक्राउ गरेर २ घण्टा होल्डमा राख्दै सचेत गराएर पठाउने काम सुुरु भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।


ADVERTISEMENT

# # #


यसैबीच प्रहरीले आज बिहान  लकडाउन उल्लंघन गरेको भन्दै ६१७ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।