काठमाडौं । नेपाल प्रहरीका तीन जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हरुलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) पदबाट एआईजीमा बढुवा भएका हरिबहादुर पाल, शैलेश थापा क्षेत्री र तारिणीप्रसाद लम्साललाई प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले एआईजी पदको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।


ADVERTISEMENT


नेपाल सरकार (मन्त्रिपरिषद्) को ९ चैतको निर्णयले एआईजीमा बढुवा भएका तीनै जनालाई बुधबार प्रहरी प्रधान कार्यालयमा एक कार्यक्रमकाबीच दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।


ADVERTISEMENT

# # #


बढुवा भएका एआईजीहरूलाई आईजीपी ज्ञवालीले बधाई दिँदै पदोन्नतिपछिको साङ्गठनिक योगदान थप महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

दर्ज्यानी चिह्न प्रदान कार्यक्रममा उच्च प्रहरी अधिकारीको उपस्थिति थियो ।