काठमाडौँ – नेपालमा अर्का एकजनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । कतारबाट आएका अर्का एकजनालाई कोरोनाको नतिजा पोजेटिभ हो  


ADVERTISEMENT


चैत ४ गते कतार एयरवेजको फ्लाइट नं क्युआर ६५२ मा आएका एक व्यक्तिमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । संक्रमित व्यक्तिको व्यक्तिगत विवरण भने मन्त्रालयले सार्वजनिक गरेको छैन ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । पहिलो संक्रमित व्यक्ति उपचारपछि घर फर्किसकेका छन् ।

हुन् । उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्युआर ६५२ जहाजबाट काठमाडौँ आएकी थिइन् । उनमा चैत १० गते कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।

त्यस्तै तेस्रो व्यक्ति धादिङ, चौथो धनगढी र पाँचौँ बाग्लुङका व्यक्तिमा कोरोना सङ्क्रमण भएको पुष्टि भइसकेको छ । डा देवकोटाले आजसम्म कूल एक हजार १८४ मा परीक्षण गरिएको छ । उनले विभिन्न अस्पतालमा पनि स्वाब लिइरहेको जनाउँदै सैनिक अस्पतालले १७ जनाभन्दा बढीको स्वाब लिएको बताए ।

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाहेक धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण भइरहेको जानकारी दिए ।  उनले बुटवल, सुर्खेत, हेटौँडा र धनगढीमा मेशिन जडान कार्य भइसकेको र परीक्षण हुने क्रममा रहेको बताए । जनकपुरमा भने जडान कार्य सम्पन्न भइसकेको छ ।

आइसोलेसनमा आजसम्म देशभरिमा १०५ जना उपचारतछन् । जसमा उपत्यकामा १६ र बाँकी उपत्यकाबाहिर उपचारत छन् । उनका अनुसार कल सेन्टरमा गत २४ घण्टाभित्र दुई हजार ७५९ फोन सम्वाद गरेको छ ।

त्यसमा धेरैले अस्पतालमा कोरोनाको परीक्षण, पिपिई खरिदलगायतका विषयमा प्रश्न गरेको उनले बताए ।