एजेन्सी – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस( कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । शुक्रबार बिहानसम्म प्राप्त भएको तथ्याङ्कअनुसार कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ हजार ९ सय ८३ पुगेको छ ।


ADVERTISEMENT


त्यस्तै शुक्रबार बिहानसम्म संक्रमितको संख्या पनि १० लाखभन्दा बढी पुगेको छ। विश्वका लगभग सबै देशमा फैलिएको कोरोना भाइरसबाट शुक्रबार बिहानसम्म करिब १० लाख १३ हजार संक्रमित भएका छन्। संक्रमितमध्ये २ लाख १० हजारभन्दा बढी निको भएका छन्। उत्तर कोरियाले भने आफ्नो मुलुकमा एक जना पनि कोरोना संक्रमित नभएको दाबी गर्दै आएको छ।


ADVERTISEMENT

# # #


शुक्रबार बिहानसम्म अमेरिकामा मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या करिब ६ हजार पुगेको छ। जोन होप्किन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट ५ हजार ९ सय ११ को मृत्यु भएको छ भने २ लाख ४४ हजारभन्दा बढी संक्रमित भएका छन्। अमेरिकाको पनि न्युयोर्क राज्य र न्युयोर्क सहर सबैभन्दा बढी प्रभावित भएको छ।

न्युयोर्क सहरमा मात्रै शुक्रबार बिहानसम्म ४९ हजार ७ सय ७ जना संक्रमित भएका छन् भने एक हजार ५ सय ६७ जनाको मृत्यु भएको छ। बिहीबार मात्रै न्युयोर्क सहरमा थप ४ हजारमा संक्रमण देखिएको छ भने १८८ जनाको मृत्यु भएको छ।

त्यस्तै शुक्रबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या १३ हजार ९ सय १५ पुगेको छ भने संक्रमितको संख्या एक लाख १५ हजार २ सय पुगेको छ। त्यस्तै स्पेनमा पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ३ सय ४८ पुगेको छ भने संक्रमितको संख्या एक लाख १२ हजार नाघेको छ।