लन्डन — कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइतबार अस्पताल भर्ना गरिएको छ ।


ADVERTISEMENT


निरन्तर भाइरस लक्षण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले विज्ञप्तिमार्फत जनाएको छ । ‘कोरोना भाइरस पुष्टि भएको १० दिनपछि पनि निरन्तर लक्षण देखिएपछि सावधानीका लागि यस्तो कदम चालिएको हो,’ प्रधानमन्त्री कार्यालयले भनेको छ– ‘जोनसनलाई आपत्कालीन अवस्थाका कारण नभई उनकै चिकित्सकको सल्लाहअनुसार थप परीक्षणका लागि सावधानीस्वरुप अस्पताल भर्ना गरिएको हो ।’


ADVERTISEMENT

# # #


जोनसनले गत मार्च २७ मा आफूमा कोरोना भाइरस पुष्टि भएको घोषणा गरेका थिए । त्यसपछि उनी डाउनिङ स्ट्रिटमै आइसोलेसनमा गएका थिए । शुक्रबार जारी गरिएको भिडियो सन्देशमा उनले आफ्नो स्वास्थ्य अवस्था सुध्रिदै गएको भए पनि ज्वरो अझै रहेको बताएका थिए ।
१० दिनको आइसोलेसन बसाइमा पनि जोनसनले कोरोना भाइरस प्रकोपसम्बन्धी बेलायती प्रयासको नेतृत्व गरिरहेका थिए ।

आइसोलेसेनमै रहँदा उनले दैनिक रूपमा हुने प्रकोप नियन्त्रणसम्बन्धी बैठकको नेतृत्वसमेत गरेका उनले कैयौं भिडियो सन्देशसमेत जारी गरिरहेका थिए । जोनसनलाई अस्पताल भर्ना गरिए पनि सरकारको नेतृत्व उनले नै गर्ने डाउनिङ स्ट्रिटले उल्लेख गरेको छ । सोमबारको कोरोना भाइरस नियन्त्रणसम्बन्धी बैठकको नेतृत्व भने विदेशमन्त्री डोमेनिक राबले गर्ने बीबीसीले जनाएको छ ।