काठमाडौँ – महालक्ष्मी विकास बैंकले विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि ५० लाखको रुपैयाँ सहयोग गर्ने भएको छ ।


ADVERTISEMENT


बैकले संघीय सरकारलाई रु. १२ लाख, प्रत्येक प्रदेश सरकारलाई रु.४ लाखका दरले २८ लाख र विभिन्न स्थानिय क्षेत्रहरुमा रु. १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।


ADVERTISEMENT

# # #


बैंकले प्रदान गर्ने उक्त सहयोग केन्द्रिय सरकारलाई नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गरिने, प्रदेशहरुमा प्रदेश सरकारलाई हस्तान्तरण गरिने छ । यस्तै स्थानीय तहहरुमा शाखाहरुसँग समन्वय गरी वितरण गरिने बैंकले जनाएको छ ।

यस असहज परिस्थितिमा उक्त सहयोगले कोरोना भाइरस संक्रमणको महामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचार गर्न मद्दत पुग्ने विश्वास बैँकले लिएको छ ।