धनुषा । लकडाउनको समयमा धनुषाको सवैला नगरपालिका–१ निवासी सत्यनारायण यादवको दुई बिघाको गहुँबाली अज्ञात समूहले आगजनी गरी नष्ट गरिदिएको छ ।


ADVERTISEMENT


आगजनीबाट करिब रु एक लाख ५० हजार बराबरको गहुबाली पूर्णरूपमा जलेको वडाध्यक्ष कपिलदेव राउतले जानकारी दिए । सबै कोरोनाको महामारी नियन्त्रण तथा रोकथाममा लागेको बेला यादवको धनुषाधाम नगरपालिका–३ सोनापुरमा रहेको खेतमा काटेर जम्मा गरी राखिएको दुई बिघाको गहुबाली जलाएर नष्ट गरिदिएको इलाका प्रहरी कार्यालय सवैलाका प्रहरी निरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए । रासस


ADVERTISEMENT

# # #