एजेन्सी – कोरोना भाइरस संक्रमितको संख्या विश्वभर १९ लाख २३ हजार ६ सय ५१ पुगेको छ । १ लाख १९ हजार ५ सय ९५ जनाको संक्रमणकै कारण ज्यान गएको छ । ४ लाख ४३ हजार ८ सय ८६ जना पूर्ण रुपमा संक्रमण मुक्त भइसकेका छन् ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ७१ हजार २८६ नयाँ संक्रमितको पहिचान भएको छ । यसमध्ये सबैभन्दा धेरै अमेरिकामा छन् । अमेरिकामा पछिल्लो २४ घण्टाको अवधीमा २६ हजार ४४८ कोरोना संक्रमितको पहिचान भएको छ ।


ADVERTISEMENT

# # #


अमेरिकामा अहिले जम्मा कोरोना संक्रमितको संख्या ५ लाख २६ हजार ९१२ रहेको छ । यसमध्ये १२ हजार ७७२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

बेलायतमा ४ हजार ३४२ कोरोना संक्रमित २४ घण्टामा थपिएका छन् भने फ्रान्समा ४ हजार १८८ संक्रमित थपिएका छन् । स्पेनमा ३ हजार २६८, इटालीमा ३ हजार १५३ जना कोरोना संक्रमित २४ घण्टामा फेला परेका छन् ।