काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि लामो दूरीमा हिंड्न नदिन निर्देशन दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार साँझ बालुवाटारमा मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीलले खान नपाएर गाउँ जान लागेको भए बरु उनीहरुका लागि खाद्यान्नको व्यवस्था गर्न तर हिंडेरै गाउँ जान नदिन निर्देशन दिएका हुन् । उनले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छन् ।


ADVERTISEMENT

# # #


लकडाउनका कारण खान बस्न समस्या भएपछि सयौँ किलोमिटर हिंडरै जाने क्रम बढेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका अन्य राजनीतिक दल तथा नागरिक समाजले पनि उनीहरुको व्यवस्थापन गर्नुपर्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले आवतजावत बन्द भनेकाले एक ठाउँबाट अर्को ठाउँमा जानेहरुलाई रोक्नु पर्ने बताएका हुन् ।