कपिलवस्तु – प्रहरीले लकडाउन उल्लंघन गर्दै मस्जिदमा नवाज पढिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । जिल्लाको मायाँदेवी गाउँपालिका–७ धुपहीस्थित मस्जिदबाट प्रहरीले ६४ वर्षीय महोम्मद अलि मुसलमान लगायत १४ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।


ADVERTISEMENT


उक्त मस्जिदमा मानिसहरुले लकडाउनको उल्लंघन गरी नवाज पढिरहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।