काठमाडौँ – नेपाली काँग्रसले पूर्वसचिव भीम उपाध्यायलाई सामाजिक सञ्जालमा भ्रमपूर्ण अभिव्यक्ति दिएको आरोप लगाई प्रहरीद्वारा पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


काँग्रेस संसदीय दलको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समन्वय समितिका संयोजक बहादुरसिंह लामाले आज एक विज्ञप्तिमार्फत पूर्वसचिव उपाध्यायको पक्राउ संविधानको मर्म भावना विपरित रहेको भन्दै निजलाई विनासर्त तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


नेपालको संविधानले प्रत्येक नेपाली नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता प्रदान गरेको उल्लेख गर्दै उनले सबै नेपालीले आफ्नो विचार राख्न पाउनु नैसर्गिक अधिकार भएको बताएका छन् । साथै उनले संविधानले दिएको स्वतन्त्रताको हक कुण्ठित गर्ने कार्यप्रति आपत्ति प्रकट गर्दै भत्र्सना गरेका छन् ।